बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी

बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन र सरकारी संयन्त्रलाई चुस्त बनाउने भन्दै ७०१ दरबन्दी कटौतीको तयारी गरेको छ ।

प्रदेश सरकारले २ चरणमा प्रशासनिक पुनर्संरचनाको काम टुङ्ग्याएको छ भने अन्तिम चरणका रूपमा कर्मचारी सङ्ख्या कटौती गर्ने तयारीमा जुटेको हो ।

frontline

कर्मचारी व्यवस्थापनका लागि आवश्यक प्रक्रियाको नेतृत्व प्रदेशका प्रशासन सचिवको संयोजकत्वमा एउटा विशेष टोलीले गरिरहेको छ । टोलीले असार १५ गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को काम टुङ्ग्याउने लक्ष्य राखेको छ ।

साउन १ गते नयाँ आर्थिक वर्ष सुरु भएसँगै कर्मचारीहरूलाई नयाँ जिम्मेवारी सुम्पिने र नयाँ संरचना पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ ।

उक्त कार्यका लागि प्रदेश सरकारले पहिलो चरणमा १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने र दोस्रो चरणमा मन्त्रालय अन्तर्गतका कार्यालयहरू व्यवस्थापन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार प्रदेशमा ६ मन्त्रालयसहित १६ कार्यालय घट्ने भएका छन् । प्रदेशका ८ मन्त्रालय अन्तर्गत १९१ कार्यालय रहने निर्णय भइसकेको छ । २०१ कार्यालयमध्ये १० वटा घटाइएको हो ।

प्रदेश सरकारले उक्त ८ मन्त्रालय र १९१ कार्यालयमा आवश्यक कर्मचारीमात्र राख्ने भन्दै ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने प्रक्रियालाई अन्तिम रूप दिने तयारी गरेको छ । मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा अहिले विभिन्न मन्त्रालय र कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरिरहेको छ ।

कतिपय जिल्लामा छरिएर रहेका साना कार्यालयहरूलाई गाभेर एउटै बनाउने तयारी गरिएको सम्बद्ध एक कर्मचारीले बताए । विषेशगरी अस्थायी प्रकृतिका र समान प्रकृतिका केही जिल्ला कार्यालयलाई गाभेर एकीकृत कार्यालय बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here