सुनकोसी मरिणको ठेक्का नतोड्न कुलमानलाई दबाब दिएका बालेनकै निर्देशनमा टेन्डर रद्द

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निर्देशनमा जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएर आयोजनाको टेन्डर प्रक्रिया रद्द गराइएको खुलेको छ।

प्रधानमन्त्री शाहको सचिवालयको निर्देशनमा प्रहरीले रजौरिया र रिजाललाई कात्तिक १२ गते नियन्त्रणमा लिएको थियो। रजौरिया तटबन्धन आयोजनाको निरीक्षण गर्न सिराहा पुगेका थिए। उनलाई प्रहरीले लहानबाट लियन्त्रणमा लिएको हो।

frontline

सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख रिजाललाई भने बर्दिबासस्थित आयोजना कार्यालयबाटै नियन्त्रणमा लिइएको थियो। उनलाई पनि त्यही दिन काठमाडौं ल्याइएको थियो। 

त्यसपछि दुवै जनालाई कात्तिक १३ गते बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगिएको थियो। दुवैसँग दिनभर प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरूले सुनकोसी मरिण डाइभर्सन आयोजनाको टेन्डर प्रक्रियाबारे केरकार गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्रोतले जानकारी दिएको छ। 

सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले बाँध र विद्युत्गृह निर्माणको लागि टेन्डरको आर्थिक प्रस्ताव आह्वान गरेको थियो। आयोजनाले कात्तिक १६ गते टेन्डर खोल्ने तयारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here