तिहारमा पानी पर्ने सम्भावना छैन, ढुक्क भएर तयारी गर्नुहोस् :मौसमविद्

काठमाडौं : जलवायु तथा मौसमविज्ञ उज्ज्वल उपाध्यायले आगामी दुई सातासम्म नेपालमा ठूलो मौसमी प्रणाली विकसित हुने सम्भावना कम रहेको बताएका छन्। उनले बंगालको खाडीमा विकसित भइरहेको भनिएको ‘मुरासु’ नामक चक्रवाती वर्षा प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना नरहेको बताएका हुन्।

उपाध्यायका अनुसार उक्त प्रणालीको प्रभाव भारतको बिहारसम्म पनि पुग्न कठिन देखिएकाले नेपालमा त्यसको प्रभावबारे अनावश्यक चिन्ता लिनुपर्ने अवस्था छैन। नेपालमा अबको कम्तीमा दुई सातासम्म कुनै ठूलो मौसमी प्रणालीको सम्भावना कम रहेको उनको भनाइ छ। यद्यपि,केही सीमित स्थानमा स्थानीय मौसमी प्रणाली सक्रिय हुँदा हल्का वर्षा हुनु सामान्य प्रक्रिया भएको उनले स्पष्ट पारेका छन्।

frontline

देशभरको मौसम उज्यालो र घमाइलो रहेकाले तिहारको तयारी ढुक्क भएर गर्न उनले सुझाव दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here