डोल्पामा फसेका ६ भारतीय पर्यटकको लोकेसन भेटियो, सेनाको हेलिकोप्टरबाट उद्दारको तयारी
वीरेन्द्रनगर : भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएको छ । केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण पर्यटकहरू गन्तव्यबाट अघि बढ्न नसकी दानीगढ क्षेत्रमा फसेका हुन् ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार प्रतिकूल मौसमका कारण पर्यटकहरू जोखिमपूर्ण अवस्थामा फसेको जानकारी शनिबार (कात्तिक १४ गते) प्राप्त भएको थियो । जानकारी प्राप्त भएलगत्तै उनीहरूको उद्धारका लागि आवश्यक पहल थालिएको थियो ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले शनिबार पर्यटकहरू फसेको जानकारी प्राप्त भएको र आइतबार (कात्तिक १५ गते) हेलिकोप्टरमार्फत उद्धार कार्य भइरहेको जानकारी दिइन् । लगातारको हिमपातका कारण स्थलमार्गबाट उद्धार गर्न कठिनाइ भएपछि हेलिकोप्टरको सहायताले उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने प्रयास गरिएको हो ।






प्रतिक्रिया दिनुहोस्