बारा अस्पताल उद्घाटनमा झडप : छानबिन गर्न बन्यो समिति, इन्स्पेक्टरको जिम्मेवारी खोसियो

काठमाडौं । अस्पताल उदघाटनको विषयमा भएको झडप र गोली चलेको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिनका लागि समिति गठन गरेको छ । घटना छानबिनका लागि कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको हो । 

समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्ज पर्साका प्रहरी निरीक्षक जटाशंकर यादव रहेका छन् ।

frontline

शनिवार बाराबको फेटा गाउँपालिकामा सङ्घीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा झडप भएको थियो । झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगामुढा लागेर पाँच जना प्रहरी समेत घाइते भएका थिए । प्रदर्शनकारीले १० वटा मोटरसाइकल जलाएका थिए भने नवनिर्मित अस्पतालको शिलालेख समेत तोडफोड गरेका छन् ।

उक्त घटनामा पहिलेदेखि सुरक्षाको कमान्ड सम्हालेका इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुमन लामाको जिम्मेवारी समेत खोसिएको छ ।  नेकपा एमालेले पहिलेदेखि नै कार्यक्रम रोक्न चेतावनी दिएको थियो । विवेकशील साझा पार्टीबाट सो पालिका प्रमुख जितेका छन् ।

पार्टी एकता भएपछि रास्वपाको नेतृत्व भएको सो पालिकाको नवनिर्मित अस्पताल उदघाटनका लागि रास्वपाकी प्रतिनिधिसभा सदस्य समीक्षा बाँस्कोटा पुगेकी थिइन् । उक्त कार्यक्रम नरोक्दा एमालेले बिथोल्ने क्रममा झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here