अमेरिकाबाट कुरियरमार्फत् गाँजा तस्करी, दुई भारतीय नागरिक पक्राउ

काठमाडौं : अमेरिकाबाट कुरियरमार्फत डकुमेन्टको आवरणमा ल्याइएको एक किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार मंगलबार कुरियरमार्फत अमेरिकाबाट ल्याइएको एक किलो ३३८ ग्राम गाँजा नियन्त्रणमा लिइएको थियो। प्रहरीले ‘कन्ट्रोल डेलिभरी’ विधि प्रयोग गरी गाँजा बरामद गरेको जनाएको छ।

frontline

पक्राउ पर्नेमा भारतको गुजरातस्थित अहमदाबादका २३ वर्षीय भवरसिंह र ३३ वर्षीय वन्दित पटेल छन्। प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here