एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला

ठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ को लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको रजिस्ट्रेशन फारम भर्ने र भराउने सम्बन्धी सूचना प्रकाशित गरेको छ । 

शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीहरूले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेभित्र रजिस्ट्रेशन फारम भरिसक्नुपर्नेछ । प्रतिविद्यार्थी ३ सय रुपैयाँ राजस्व शुल्क तोकिएको छ ।

frontline

 त्यस्तै, बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईई परीक्षाका लागि परीक्षा आवेदन फारम भर्ने तथा भराउने सम्बन्धी छुट्टै सूचना पनि जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here