भोटेकोशी बाढीमा २१ अर्ब बीमा मागदाबी, हालसम्म कति भयो भुक्तानी?

काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण भएको भौतिक तथा आर्थिक क्षतिका लागि बीमा कम्पनीहरूमा परेको मागदाबी २१ अर्ब रुपैयाँ पुगेको छ । 

नेपाल बीमा प्राधिकरणका अनुसार गत गतेसम्म विभिन्न निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा २ हजार ४ सय २१ वटा दाबी दर्ता भएका छन्। 

frontline

यी दाबीहरू बापत कुल २० अर्ब ९० करोड ४९ लाख रुपैयाँ अनुमानित क्षति भएको प्रारम्भिक विवरण प्राधिकरणमा पेस भएको छ।

दर्ता भएका दाबीहरूमध्ये बीमा कम्पनीहरूले हालसम्म ८२ करोड १३ लाख ९० हजार रुपैयाँ अग्रिम तथा अन्तिम दाबी भुक्तानी गरिसकेका छन् ।  

यो असोज ३० गतेसम्मको तथ्याङ्क हो । दसैँ बिदापछि भने सोमबारदेखि मात्रै कार्यालय सञ्चालन भएकोले बीमा कम्पनीहरूले यसको विवरण अद्यावधिक गर्न बाँकी नै रहेको प्राधिकरणले जनाएको छ । 

  • सम्पत्ति बीमामा धेरै दाबी, मोटरमा धेरै सङ्ख्या

प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै आर्थिक क्षति सम्पत्ति बीमामा भएको देखिएको छ भने दाबी सङ्ख्याको आधारमा मोटर बीमा अगाडि रहेको छ।

nepal-beema-pradhikaran_TiPCnrFOdu.jpg

सम्पत्ति बीमा अन्तर्गत ५७६ वटा दाबी परेका छन्। जसको अनुमानित रकम ९ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ रहेको छ। यसमध्ये हालसम्म १६ करोड २८ लाख रुपैयाँ भुक्तानी भएको छ।

जलविद्युत आयोजना तथा पूर्वाधार निर्माण क्षेत्रसँग सम्बन्धित इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत १७४ वटा दाबी परेका छन् । यसमा ४ अर्ब ४० करोड १७ लाख रुपैयाँ बराबरको क्षति दाबी भएको छ । यसमध्ये १७ करोड ४० लाख रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ । 

बाढी र पहिरोका कारण सवारीसाधनमा व्यापक क्षति पुगेको छ। मोटर बीमातर्फ सबैभन्दा धेरै १ हजार ६७ वटा दाबी परेका छन्। यसको अनुमानित रकम २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेकोमा कम्पनीहरूले हालसम्म २३ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

त्यसबाहेक ढुवानी तथा परिवहन बीमा शीर्षक अन्तर्गत १०५ वटा दाबीमार्फत २ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ दाबी प्राप्त भएको छ। यस क्षेत्रमा तुलनात्मक रूपमा सबैभन्दा बढी प्रतिशत भुक्तानी भएको छ ।  हालसम्म २३ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको छ।

अन्य शीर्षकका बीमालेख अन्तर्गत ५१६ वटा दाबीमा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ र स्वास्थ्य बीमातर्फ ५३ वटा दाबीमा २४ करोड ६३ लाख रुपैयाँको दाबी परेको प्राधिकरणले जनाएको छ । 

  • हिमालयन एभरेस्टमा सर्वाधिक दाबी, शिखरमा धेरै सङ्ख्या

बाढी क्षतिका आधारमा सबैभन्दा धेरै रकमको दाबी हिमालयन एभरेस्ट इन्स्योरेन्समा परेको छ। 

betrawati-(5)_TgkyXhsgyk.webp

कम्पनीमा २०९ वटा दाबीमार्फत ६ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी दर्ता भएको छ, जसमध्ये कम्पनीले २३ करोड २३ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।

त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्समा ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँको दाबी परेको छ भने ७६ लाख रुपैयाँ भुक्तानी भएको छ।

दाबी सङ्ख्याको आधारमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि छ । शिखरमा ४५९ वटा दाबी परेका छन् । जसको कुल रकम २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ छ। शिखर इन्स्योरेन्सले हालसम्म २१ करोड ४७ लाख रुपैयाँ दाबी फर्स्योट गरिसकेको छ।

हालसम्म सबैभन्दा धेरै रकम भुक्तानी गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। कम्पनीमा १ अर्ब ७५ करोड ९१ लाख रुपैयाँको दाबी परेकोमा २६ करोड ६३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

यसैगरी सिद्धार्थ प्रिमियरमा १ अर्ब २५ करोड ३८ लाख, नेको इन्स्योरेन्समा १ अर्ब १ करोड ८९ लाख र आईजीआई प्रुडेन्सियलमा ९० करोड ५० लाख रुपैयाँ बराबरको दाबी परेको छ। लघु निर्जीवन बीमा कम्पनीहरूतर्फ स्टार माइक्रो, ट्रस्ट माइक्रो, प्रोटेक्टिभ माइक्रो र नेपाल माइक्रोमा पनि न्यून संख्यामा दाबी दर्ता भएका छन्।

betrawati-(4)_dvboBDHm8X.webp
  • दाबी भुक्तानी तीव्र पार्न निर्देशन

बाढी प्रभावित बीमितहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले कम्पनीहरूलाई तत्काल सर्भेयर खटाएर क्षतिको यकिन गर्न र आवश्यक परे अग्रिम भुक्तानी समेत उपलब्ध गराउन निर्देशन दिएको थियो। 

सोही बमोजिम कम्पनीहरूले हालसम्म ८२ करोडभन्दा बढी भुक्तानी गरिसकेका गरेका हुन् । बाँकी दाबीहरूको सर्भे प्रतिवेदन सङ्कलन तथा मूल्याङ्कन प्रक्रिया अघि बढिरहेको बीमकहरुको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here