४ महिनापछि खुल्यो एन्फाको ताला, वरिष्ठ उपाध्यक्षसहितको छलफलले १३ गते बोलायो कार्यसमिति बैठक
अखिल नेपाल फुटबल संघ (एन्फा)को ललितपुरस्थित सातदोबाटोमा रहेको कार्यालयको ताला ४ महिनापछि खोलिएको छ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको बहुमत सदस्यले कार्यालयको ताला खोलेका हुन्।
कार्यालय खोलेसँगै उनकै नेतृत्वमा छलफल भएको थियो। छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री, मनिष जोशीलगायत सहभागी थिए।
छलफलले यही कात्तिक १३ गते कार्यसहिति बैठक बोलाउने निर्णय गरेको छलफलमा सहभागी एक सदस्यले नेपालखबरलाई जानकारी दिए।
अध्यक्ष पंकज विक्रम नेम्वाङलाई उनीहरुले बैठक डाक्न एन्फा विधानअनुसार लिखित माग गरे पनि नडाकेपछि ताला खोलेर यो निर्णय गरिएको हो।
१३ गते बस्ने बैठकले निर्णय गेर एएफसी र फिफालाई पत्र लेख्ने उनीहरुको तयारी छ।
एन्फा अध्यक्ष नेम्वाङसहितका पदाधिकारीहरुविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले खेल ठगीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ।






प्रतिक्रिया दिनुहोस्