डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डको बलात्कारको आरोप, एपस्टिन प्रतिवेदनमा के छ ?
अमेरिकी मध्यावधि निर्वाचन आउन ठीक एक साता बाँकी रहँदा अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याटिक सांसदहरूले जेफ्री एपस्टिनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धबारे छानबिन गरी एक प्रतिवेदन सार्वजनिक गरेका छन्। उक्त प्रतिवेदनमा पूर्व मिस स्विट्जरल्यान्ड तथा पूर्व मोडल बीट्रिस कुलले सन् १९९३ मा न्युयोर्कस्थित प्लाजा होटलमा ट्रम्पले आफूमाथि जबर्जस्ती बलात्कार गरेको गम्भीर आरोप लगाएकी छन्।
हाउस जुडिसियरी कमिटीले तयार पारेको यस प्रतिवेदनमा बीट्रिस कुलका साथै अन्य चार महिलाहरूले ट्रम्पमाथि लगाएका यौन हिंसा र दुर्व्यवहारका पुराना तथा नयाँ आरोपहरूलाई समेत समावेश गरिएको छ।






प्रतिक्रिया दिनुहोस्