हिमपातले डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं । डोल्पाको डोल्पो बुद्व गाउँपालिकाबाट शे फोक्सुण्डो ताल तर्फ जाँदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । शे-फोक्सुण्डो गाउँपालिका-४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रबाट उनीहरू सम्पर्कविहीन भएका हुन् ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएपछि उनीहरू फसेको हुन सक्ने अनुमान गरिएको छ ।  स्थानीयवासीले हिमपातका कारण हिमाल पार गर्न कठिन हुने भन्दै सचेत गराउँदा समेत पर्यटकहरू जबर्जस्ती उक्त क्षेत्रतर्फ गएका थिए । 

frontline

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा हिउँमा फसेका हुन् । स्थानीयवासीले हिमाल पार गर्न समस्या हुने जानकारी गराउँदा-गराउँदै पनि उनीहरू त्यसतर्फ गएको र अहिले सम्पर्कविहीन भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here