गृहमन्त्री गुरुङको चेतावनी- व्यक्तिगत चरित्रहत्यालाई गृह मन्त्रालयले गम्भीर रूपमा लिने छ
गृहमन्त्रीमा कमब्याक गरेका सुधन गुरुङले मिडिया ट्रायलका कारण कसैले आत्महत्या गर्ने स्थिति आउन नहुने चेतावनी दिएका छन् ।
उनले गृह मन्त्रीको पदभार ग्रहण गरेलगत्तै आफूमाथि आक्रमण थेग्न सक्ने तर नेपाली नागरिकलाई दुख दिएको सहन नसक्ने बताए ।
गृहमन्त्रालयमा गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा गुरुङले आफू फेरि यो पदमा फर्किँदा धेरै मानिसहरू दुखी भएको हुनसक्ने टिप्पणी गरे ।
उनले भने, ‘धेरै जना खुसी पनि हुनुहुन्छ, धेरै जना दुखी पनि हुनुहुन्छ होला । म त थेग्न सकौँला, तर आइन्दा कुनै नेपाली नागरिकलाई अपमान गर्ने, चरित्रहत्या गर्ने कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालयले एकदम संवेदनशील भएर हेर्नेवाला छ । मलाई जे भन्नु छ, नो प्रोब्लम । जस्तो आरोप पनि थेग्न सक्छु । तर नेपाली नागरिकलाई दुख दिएको चाहिँ हेर्न सक्दिन । विशेष गरी हाम्रो चेलीहरूलाई जुन तारिकाले चरित्रहत्या गरिन्छ, त्यसमा गृह मन्त्रालय सिरियस हुन्छ । जति अट्याक गर्नु छ, मलाई गर्नुस् । तथ्यका आधारमा गर्नुपर्यो । तोडमोड गर्नुभएन । मिडिया ट्रायलका नाममा कसैले आत्महत्या गर्नु नपरोस् ।’
3
1






प्रतिक्रिया दिनुहोस्