स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभयो ।

frontline

उहाँले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

उहाँले सरकारले कोरोना सङ्क्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत गरेको र बजेट अभाव हुन नदिने जानकारी पनि दिनुभयो ।

यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ ।

यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here