भोटेकोसी करिडोरका सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

भोटेकोसी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको नेपाली सेनाले जनाएको छ। 

शुक्रबार भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताए। सुरुङभित्र खोज तथा उद्धारका क्रममा ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको उनले जानकारी दिए। 

frontline

आयोजनामा कोरियन कम्पनीको स्वामित्व तथा कोरियन सब–कन्ट्र्याक्टरमार्फत काम भइरहेको थियो। त्यहाँ नेपाली र भारतीय कामदार कार्यरत थिए। आयोजनाको दुई वटा ठूला कामदार क्याम्पसहित ड्याम साइट, पावरहाउस र अन्य क्षेत्रमा काम भइरहेको थियो। 

सहायक रथी थापाले आयोजनाको ९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त गरेपछि दुई जना इन्जिनियरसँग समन्वय गरी खोज तथा उद्धारको कार्ययोजना बनाइएको बताए। हेडवर्क र अडिट क्षेत्र तथा पावरहाउस क्षेत्रमा गरी ठूलो सङ्ख्यामा कामदार कार्यरत थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here