बारामा ट्यांकर,हाइस र मोटरसाइकल ठोक्किए, १० जना घाइते

काठमाडौं : बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ हेटौँडा–पथलैया सडकखण्डस्थित नेपाल आयल निगमको डिपो नजिक तीनवटा सवारी साधन ठोक्किदा १० जना घाइते भएका छन्। 

डिजेल बोकेको ट्यांकर,हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको हाइस ठोक्किएको र सोही इभी हाइसको पछाडि धरानबाट हेटौंडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। 

frontline

दुर्घटनामा ट्यांकर चालक, हाइस चालक, मोटरसाइकल चालक र हाइसमा सवार यात्रुहरू गरी १० जना घाइते भएका छन् । घाइते सबैको अमलेखगन्जस्थित स्थानीय अक्कल बहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here