कार्तिक १७ गतेदेखि काठमाडौंमा चौथो तिहार ‘फ्लोरा एक्स्पो’ आयोजना हुने
काठमाडौं : नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्यनजर गर्दै आगामी कार्तिक १७ गतेदेखि काठमाडौंमा चौथो तिहार ‘फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ।
संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिक १७ देखि २१ गतेसम्म भृकुटीमण्डपमा ५ दिने तिहार ‘फ्लोरा एक्स्पो’ आयोजना गर्न लागिएको जानकारी गराएको हो। ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको एक्स्पोमा ६३ वटा व्यावसायिक, ६ वटा अफिसियल र ४ वटा प्रतिस्पर्धात्मक गरी जम्मा ७३ वटा स्टल रहने नर्सरी व्यवसायी संघ, नेपालका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले जानकारी दिए।
मेलामा मुख्यतया सयपत्री, मखमली र गोदावरीका विभिन्न भाइटीकाविशेष फूलहरूको प्रवर्द्धन गरिने र उत्कृष्ट व्यवसायीहरूलाई पुरस्कारको व्यवस्था पनि गरिएको उनले बताए। त्यसैगरी, तिहारमा प्रयोग हुने फूलहरूसँगै बिरुवा, फलफूल, जडीबुटी, कृषि(वनका सामग्री, कृषि प्रविधि, कृषि औजार र मलखाद एउटै छानामुनि उपलब्ध हुने उनको भनाइ छ।






प्रतिक्रिया दिनुहोस्