निर्देशन कार्यान्वयनमा अटेरी गरेपछि एनप्याब्सनलाई सरकारले गर्यो निलम्बन

काठमाडौं : सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।

राष्ट्रिय निर्देशन ऐन,२०१८ बमोजिम मन्त्रालयले दिएको निर्देशन बारम्बार पालना नगरेको र नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको देखिएकाले निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।

frontline

मन्त्रालयका अनुसार यस विषयमा गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको थियो। तर,त्यसअनुसार काम गरेको नदेखिएपछि एनप्याब्सनलाई निलम्बन गर्ने निर्णय गरिएको हो।

राष्ट्रिय निर्देशन ऐन,२०१८ को दफा ५ बमोजिमको निर्देशन पालना नगरेको भन्दै ऐनको दफा ६ को उपदफा (२) अनुसार संस्थालाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सूचना जारी भएपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि गरेमा गैरकानुनी हुने चेतावनी समेत दिएको छ। त्यस्ता गतिविधिमा संलग्न हुनेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here