युध्दविराम भए पनि सास्ती उस्तै

केही साताको तनाव र चार दिनको आक्रमण तथा प्रत्याक्रमणपछि भारत र पाकिस्तानबीच युध्दविराम भएको छ । दुबै मुलुकका नेताहरुको बोलीमा खुशी देखिए पनि पीडा भने उस्तै भएको पाइन्छ । 

पहिले पाकिस्तानले र पछि भारतले लगाएको हवाई उडान प्रतिबन्धका कारण सबैभन्दा धेरै समस्या भारतले भोगेको छ । भारतले पाकिस्तानका हवाई कम्पनी र पाकिस्तानले भारतीय  विमानलाई आफ्नो आकाशमाथि उडान भर्न प्रतिबन्ध लगाएका छन् । युध्दविरामपछि पनि उक्त प्रतिबन्ध कायम रहेकाले भारतले क्यानाडा र अमेरिकामा हुने उडानका लागि चीन हुँदै मंगोलियाको आकाश प्रयोग गर्न थालेको छ । 

frontline

युध्दविरामपछि पनि उक्त प्रतिबन्ध कायम रहेकाले भारतले क्यानाडा र अमेरिकामा हुने उडानका लागि चीन हुँदै मंगोलियाको आकाश प्रयोग गर्न थालेको छ ।

विशेषगरी नयाँ दिल्लीबाट हुने एअर इण्डियाका अमेरिका र क्यानाडा उडानमा उक्त रुट प्रयोग गरिएको हो । एअर इण्डियाले भारतका विभिन्न शहरबाट अमेरिका र क्यानाडामा साताको ७१ उडान गर्दै आएको छ । तीमध्ये नयाँ दिल्लीबाट मात्रै ५४ उडान हुने गरेको छ ।

अमेरिकाको सिकागो,न्युयोर्क, वासिङ्ग्टन,सानफ्रान्सिस्को, नेवार्क,क्यानाडाको टोरन्टो र भ्यानकुभरमा भारतबाट सोझो उडान हुँदै आएको अवस्थामा पाकिस्तानको निर्णयले निकै अप्ठेरो भएको छ । एयर इन्डियाले टाढाका गन्तव्यमा पुग्नुपर्दा पाकिस्तानको निर्णयपछि इन्धन खपत निकै बढेको,विमान कम हुन पुगेको र चालक दलको कार्य घण्टामा असर परेकाले उडान महँगो हुन पुगेको छ ।

चालक दलका सदस्यहरूले अधिकतम आठ घण्टा मात्रै लगातार काम गर्न पाउने व्यवस्था छ । १४ घण्टाभन्दा बढी दूरीको उडानका लागि विमानमा चालक दलका दुई समूह राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here