एनपीएल खेल्न डेभिड वार्नर काठमाडौं आइपुगे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्न अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नर काठमाडौं आइपुगेका छन् ।

वार्नर आइतबार राति काठमाडौं आइपुगेका हुन् । उनको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप उत्साहित बनेको छ ।अस्ट्रेलियाका अनुभवी बायाँहाते ओपनर वार्नर अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी हुन् । उनले अस्ट्रेलियाबाट एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधिसमेत जितेका छन् ।

frontline

एनपीएलमा वार्नरको सहभागितालाई नेपाली क्रिकेट समर्थकले चासोका साथ हेरेका छन् । उनको आक्रामक ब्याटिङले प्रतियोगितामा थप आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

जारी प्रतियोगितामा काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । काठमाडौंले आज कर्णाली याक्सको सामना गर्दै छ । यो खेल अपराहन्न साढे १२ बजेदेखि सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here