डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

१७ कात्तिक, सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ ।

गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

frontline

सोमबार बिहान साढे ६ बजे उडेको हेलिकप्टरले सुरुमा दुई महिलालाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्यसपछि बाँकी चार पुरुषको उद्धारका लागि हेलिकप्टर पुनः घटनास्थल पुगेको थियो । उनीहरूलाई पनि सकुशल उद्धार गरिएको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले ६ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको जानकारी दिइन् । उनका अनुसार उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here