आज काग तिहार मनाइँदै

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज कात्तिक कृष्ण त्रयोदशीका अवसरमा यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा खान दिएर ‘काग तिहार’ मनाइँदैछ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भन्ने जनविश्वासका साथ आजको दिन कागलाई पूजाआराधना गरी मनपर्ने खानेकुरा दिई खुसी पार्ने गरिन्छ। लोकव्यवहारमा काग घरमा आएर कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलनसमेत रहिआएको छ। कागले घरवरपर आएर कराएमा उसले कुनै सन्देश लिएर आएको विश्वास गरिन्छ।

frontline

शास्त्रीय मान्यताअनुसार ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही–भात मीठो लाग्ने हुँदा आजको दिन कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश पुर्‍याउने धार्मिक विश्वास रहिआएको छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here