हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै खन्न थालियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछ्याएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको छ ।

महानगरपालिकाले दरबार क्षेत्रमा कङ्क्रिट प्रयोग गरी छापिएका पुरानो ढुङ्गा हटाई जमिनमुनि पानी जाने र रिचार्ज हुने हिसाबले कङ्क्रिट बिना नै नयाँ ढुङ्गा बिछाएको थियो तर विद्युत् प्राधिकरण, नेपाल टेलिकम र विभिन्न लाइट जडान गर्नका लागि सोही क्षेत्र पुन खन्ना थालिएको हो ।

frontline

विश्व सम्पदा क्षेत्र यसरी बारम्बार खन्दा सो क्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटक मार्फत गलत सूचना प्रवाह हुने र यसले देशको पर्यटन क्षेत्रमा असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here