महिला सशक्तिकरणमा सेवा गर्ने मेरो अभिलाषा-उम्मेद्वारी घोषणा

अमेरिकावासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अभिवादन ! 🙏अधिकार, सम्मान ,पहिचान ,आत्मनिर्भरता अनी सुरक्षा माँ महिला को भूमिका!!म अमेरिकाको भर्जिनियामा बस्छु | नेपालमा रहँदा Banking पत्रकारीता तथा समाज सेवा का क्षेत्रमा लामो समयसम्म सेवा गरेर बसेकी म हाल आफ्नै ब्यबसाय संचालन गरेर सपरिवार Virginia मा बसेकी छु | यहाँहरुलाई थाह नै छ, अहिले NRN NCC of USA को Election माहोल छ | आ-आफ्नो क्षमता, रुचि र दक्षताको आधारमा नेतृत्वको निम्ति सबैले आफुलाई उमेद्वारको रुपमा अघि सारिराख्नु भएको छ | यसै सन्दर्भमा मैले पनि आफुलाई Women Coordinator को रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेकी छु | Banking र ब्यवावासायिक क्षेत्रमा लामो अनुभव, विभिन्न सामाजिक सेवाको क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवारत रही बटुलेको अनुभवले महिला सशक्तिकरणमा उक्त मेरो अनुभवको आधारमा सेवा गर्ने मेरो अभिलाषा हो | कुनै पनि क्षेत्रमा महिलाको सहभागिता पुरुष सरह अघाडी नहुन्जेलसम्म समानताको कुरा नारामा मात्रै रहने पक्का छ | त्यसैले शिक्षा, स्वास्थ्य, व्यवसाय, जागिर वा नेतृत्वमा महिला अघि बढ्नु पर्छ र पुरुससंग संगसंगै सौहार्दपूर्ण किसिमले हातेमालो गरि यो बर्गको बिकासमा काम गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता र दृष्टिकोण रहेको छ |अतः यसै कुरालाई हृदयंगम गरी NRNA NCC को मंचबाट यी उदेश्य पूरा गर्ने तर्फ़ मेरो कदम रहने छ | यसको निम्ति सम्पूर्ण मतदाता दाजुभाइ दिदी बहिनीहरुको साथ सहयोग र सदभाब सहित यहाँहरुको मतको अपेक्षाका साथ यो अपिल गरेकी छु |म यो आस्वस्त पार्न चाहान्छु कि मेरो जित नै तपाईंहरुको जित हो | मैले जितेको खण्डमा NRN NCC को उद्देश्य बमोजिमका काम निश्ठापूर्बक सम्पन्न गर्न र मैले बाचा गरेका प्रतिबद्धताहरूमा केन्द्रित भै काम गर्न इमान्दारी एबम निष्ठाका साथ अघि बढ्नेछु | यहाँहरुको सहयोग-सुझाव र साथ सधैं मेरा लागि मार्गदर्शक बन्नेछ |यहाँहरुले भोट दिएर मलाई जिताउनुहोस, तपाईंहरुको मतलाई अवमुल्यन हुन दिने छैन | धन्यबाद |जय नेपाल !जय NRN !!तपाईंहरुकै,सुनिता खत्रीउम्मेदवार, महिला कोअर्डिनेटर, एनआरएन एनसिसि- अमेरिका |7032971778See translation

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here