३ मौसमी प्रणालीको संयुक्त प्रभावको सम्भावना, २९ जिल्ला जोखिममा पर्ने पूर्वानुमान
८ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ । सो वर्षाले हिमाली जिल्ला मनाङसहित कम्तीमा २९ जिल्ला बढी प्रभावित हुने प्रारम्भिक आकलन छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलको मौसम विश्लेषणअनुसार, सो प्रणालीको प्रभावले तीन–चार दिनसम्म पानी पर्ने र केही स्थानमा भारी वर्षा पनि हुनसक्ने सम्भावना छ ।






प्रतिक्रिया दिनुहोस्