ट्रकले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा ८ जना घाइते
सुनसरीमा मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्।
शनिबार साँझ बराहक्षेत्र नगरपालिका–३ कुपीखोलास्थित भित्री सडकमा ट्रकले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा ८ जना घाइते भएका प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-००५ ह ०२५६ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८११२ नम्बरको मिनिट्रकले ठक्कर दिएको हो।
सामान्य घाइतेको नगर अस्पताल चक्रघट्टीमा उपचार भइरहेको छ।
गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मिनिट्रकसहित चालक भारतको सदापुर जिल्ला, काठ बजार बस्ने ३२ वर्षीय इस्पाल सिंहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घाइतेहरूको विवरण
नगर अस्पताल चक्रघट्टीमा उपचार भइरहेका घाइतेहरु:
१. जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय सिटी सफारी चालक लोकेन्द्र अधिकारी। (अवस्था सामान्य)
२. जिल्ला सुनसरी बराहक्षेत्र न.पा.-५ बस्ने १६ वर्षीय रूपेश कार्की । (अवस्था सामान्य)
३. जिल्ला सुनसरी बराहक्षेत्र न.पा.-५ बस्ने १८ वर्षीया रूविना कार्की। (अवस्था सामान्य)
४. जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका–४ बस्ने २४ वर्षीया सुनिता परियार। (अवस्था सामान्य)
थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको घइतेहरु:
५. ऐ. सुनिता परियारकी ३ वर्षीया छोरी सिरिया परियार ।( अवस्था मध्यम)
६. ऐ. सुनिता परियारकी ६० दिनकी छोरी सन्ध्या परियार । (अवस्था मध्यम)
७. जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका–४ बस्ने १२ वर्षीया सृष्टि परियार । (अवस्था मध्यम)
८. जिल्ला सुनसरी बराहक्षेत्र न.पा.-५ बस्ने ३५ वर्षीया अम्बिका कार्की ।( अवस्था मध्यम)






प्रतिक्रिया दिनुहोस्