६४९ स्थानीय तहमा मंसिर १५ गते एकैसाथ अस्पताल शिलान्यास

अर्थमन्त्री भएपछि विश्‍व बैंकबाट २० करोड डलर ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गरेका विष्णुप्रसाद पौडेलले देशका ६ सय ४९ स्थानीय तहमा एकसाथ १६ शय्याको अस्पताल शिलान्यास गर्ने निर्णय लिएका छन् ।

देशभरका ६४९ स्थानीय तहमा मंसिर १५ गते एकैदिन ५ देखि १५ बेडका अस्पतालको शिलान्यास गरिने भएको हो ।

frontline

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतवार अर्थमन्त्रालयमा भएको बैठकले मंसिर १५ गते सबै स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने निर्णय गरेको हो ।

स्थानीय तहमा ५ देखि १५ शय्याका आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइ सकिएको छ।

सो सन्दर्भमा निर्माण गरिने ती अस्पतालहरूको डिजाइन स्वास्थ्य मन्त्रालयले तयार गरी सम्बन्धित स्थानीय तहमा उपलब्ध गराउने र सबै पालिकामा अस्पताल भवनको शिलान्यास मङ्सिर १५ गते गर्ने गरी तयारी मिलाउनेु, अर्थको विज्ञप्तिमा भनिएको छ ।

अहिलेसम्म ६४९ स्थानीय तहमा एउटा पनि अस्पताल छैन । यसअघि मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री ढकालले ६४९ स्थानीय तहमा कम्तीमा ५ बेडको अस्पताल निर्माणको निर्णय गरेका थिए ।

यससँगै भविष्यमा दिनुपर्ने खोप सेवाको आपूर्ति सुनिश्‍चित गर्न आवश्यक कूटनीतिक पहल परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहयोगमा अर्थमन्त्रालयले अघि बढाउने सहमति भएको थियो ।

बैठकले आपतकालीन औषधिको प्रयोग व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा सामयिक संशोधनका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

बैठकले अस्पतालको ड्रोइङ र डिजाइन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिरअघि नै तयार गरी सम्बन्धित स्थानीय तहमा पठाउने छ । बैठकले आइसियु, एचडीयू, भेन्टिलेटर लगायतका उपकरण खरिदको प्रक्रिया मन्त्रालयले अघि बढाउने भएको छ ।

यस कामका लागि अर्थमन्त्रालयले स्रोतको व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

आपतकालीन अवस्थामा प्रयोग हुने औषधि व्यवस्थापन सहज बनाउन साविकको औषधि कानुन परिमार्जनका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here