नयाँ बाइक किनेको भोलिपल्टै दुर्घटनामा परेर प्रहरी जवान लोकेशको मृत्यु
काठ्माण्डौँ : डडेल्धुराको अजयमेरु गाउँपालिका-१ का लोकेश भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । नेपाल प्रहरीमा कार्यरत भण्डारीको नारायणगढ–कावासोती सडकखण्डमा भएको दुर्घटनामा ज्यान गएको हो ।
भण्डारीले दुर्घटनाको अघिल्लो दिन मात्रै नयाँ मोटरसाइकल खरिद गरेका थिए । नयाँ बाइकसँगको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै उनले लेखेका थिए, ‘निङ्लाशैनीमा डाँडा बाघ बाबा, विश्वकर्मा बाबा रक्षा गर्नु ।’
तर, नयाँ बाइक किनेको भोलिपल्टै उनी दुर्घटनामा परेर ज्यान गुमाउन पुगे । उनले फेसबुकमा लेखेको स्टाटस नै अन्तिम सन्देश बन्न पुग्यो ।






प्रतिक्रिया दिनुहोस्