घोप्टेभीरमा बिहानै पहिरो, पृथ्वी राजमार्ग ठप्प
धादिङ : चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा बिहानै खसेको सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गमा दुईतर्फी सवारी आवागमन ठप्प हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
सोमबार बिहान करिब ५ बजे सडकमाथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको पहिरो खसेर सडक ढाकेको हो। पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौं र चितवनतर्फ जाने तथा आउने सवारीसाधनको आवागमन प्रभावित बनेको छ।
चितवन प्रहरीका अनुसार पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। सडक खुल्न समय लाग्न सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।






प्रतिक्रिया दिनुहोस्