नेपालगन्जमा दुई बिजुली पसलमा भीषण आगलागी, ३ करोडको क्षति

बाँके : बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरस्थित दुईवटा बिजुली पसलमा भीषण आगलागी हुँदा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

नेपालगन्ज बजारसँग जोडिएको कोरियनपुरस्थित जेएस स्कुल नजिकै रहेका जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आज आगलागी भएको हो ।

frontline

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार विद्युतीय अनियमितताका कारण आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

आगलागी नियन्त्रणका लागि चारवटा दमकल परिचालन गरिएको थियो । करिब तीन घण्टापछि आगो नियन्त्रणमा आएको राठौरले जानकारी दिए ।

आगलागीबाट पसलमा रहेका अधिकांश विद्युतीय सामान जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी लक्ष्मीपूजामा व्यस्त रहेका बेला आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here