लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट भारत निर्यात

काठमाडौँ : यस वर्षको लक्ष्मीपूजाको दिन नेपालमा विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले आन्तरिक माग पूरा गर्दै ५८७ मेगावाट विद्युत् भारत निर्यातसमेत गरेको जनाएको छ ।

आइतबार साँझ ६ः१५ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको प्राधिकरणले जनाएको हो । उक्त समयमा प्रणालीको कुल पिक भार २ हजार ४०० मेगावाट रहेको थियो । विद्युत् आपूर्तिमा कुनै अवरोध नभएको प्राधिकरणले स्पष्ट पारेको छ ।

frontline

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण विद्युत् प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि उच्चतम माग व्यवस्थापन गर्न सफल भएकामा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र उपभोक्तालाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here