मिथिला सागर : पर्यटकीय गन्तव्यबाट भग्नावशेषतर्फ
ढल्केबर (धनुषा) : चुरे पहाडको काख। चारैतिर हरियाली जंगल। बीचमा पानीले भरिएको विशाल पोखरी। पोखरीको मध्यभागमा उभिएको उत्तरेश्वर महादेव मन्दिर।
प्रकृति, धार्मिक आस्था र पर्यटकीय आकर्षणको अनुपम संगम। मिथिला सागरको यही परिचयले कुनै समय यहाँ आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्थ्यो। परिवारसहित घुम्न आउने, प्रकृतिसँग रमाउने र मन्दिर दर्शन गर्नेहरूको चहलपहलले धनुषाको मिथिला नगरपालिका–७ मा पर्ने पोखरी दमार सामुदायिक वनमा अवस्थित यो क्षेत्र गुलजार हुन्थ्यो।
तर, अहिले मिथिला सागर पुग्दा दृश्य फेरिएको छ। पर्यटकलाई लोभ्याउने फूलबारी झाडीमा हराएका छन्। बालबालिका रमाउने चिल्ड्रेन पार्क भग्नावशेषमा परिणत भएको छ। पोखरीको बीचमा रहेको उत्तरेश्वर महादेव मन्दिर जीर्ण बनेको छ। कुनै समय आकर्षणको केन्द्र बनेको मिथिला सागर अहिले संरक्षण र व्यवस्थापनको बेवास्ताको नमुना बनेको छ।






प्रतिक्रिया दिनुहोस्