नयाँ दिल्लीबाट शाह र मोदीले गर्दैछन् यी चार आयोजना उद्घाटन, रोकियो अरुण तेस्रो
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको क्रममा केही परियोजना दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गराउने तयारी भएको छ।
शाह आगामी मंसिर ६ गतेबाट भारत भ्रमणमा जाने तयारीमा छन्। भारतका विदेश सचिव विक्रम मिस्री कात्तिक १८ र १९ गते काठमाडौं आएर प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डामा प्रारम्भिक छलफल गरेर फर्किएका छन्।
प्रधानमन्त्री शाह भारत भ्रमणमा जाँदा भगवना राम र सीताको जन्मस्थान अयोध्या र जनकपुर जोड्ने गरी रेल सञ्चालको सुरूवात गर्ने तयारी छ। मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि राम जन्मभूमि अयोध्यासम्म सञ्चालन हुने भनिएको रेलका लागि बिहीबार परीक्षण समेत गरिएको छ।
भारतको अयोध्यादेखि धनुषाको कुर्थासम्म डब्लुडिपी ४ डी ४०४०३ नम्बरको इन्जिनसहित १७ वटा बोगी भएको भारतीय रेलबाट प्राविधिक पक्षको परीक्षण गरिएको छ। ६७ जना भारतीय प्राविधिकसहितको टोलीले रेलको लिकको अवस्था, रेलको गति समेतको अवलोकन गरेको नेपाल रेल्वे कम्पनीका एक अधिकारीले नेपालखबरलाई बताए।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाटै संयुक्तरुपमा रेल सेवाको उद्घाटन गर्ने योजना अन्तर्गत आवश्यक तयारी तीब्र पारिएको उनले बताए।
जनकपुरधाम–अयोध्या रेल सेवा पहिलो चरणमा साताको एकदिन बिहान जनकपुरधाम पुग्ने गरी भारतको अयोध्याबाट र अर्को दिन बिहान अयोध्या पुग्ने गरी जनकपुरधामबाट बेलुकाको समयमा रेल छुट्ने गरी तयारी मिलाउन लागिएको ती अधिकारीले जानकारी दिए।






प्रतिक्रिया दिनुहोस्