बहिरा तथा सुस्तश्रवण व्यक्तिहरूका लागि क्लिनिक वानमा दोभाषे -भूमिकला पौडेल

बहिरा तथा सुस्तश्रवण व्यक्तिहरूका लागि क्लिनिक वानले दोभाषेको व्यवस्था गर्ने भएको छ । ललितपुरमा आयोजित क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघ बिच भएको हस्ताक्षर कार्यक्रममा सो विषयमा जानकारी गराईएको हो । जावलाखेल, ललितपुर स्थित क्लिनिक वानमा दोभाषेको व्यवस्था मिलाई क्लिनिकमा बहिरामैत्री सेवा सञ्चालन गराउने सम्बन्धमा जानकारी दिन आयोजित सो कार्यक्रममा क्लिनिकका मेडिकल डाइरेक्टर सन्तोष पौडेलले बहिरा तथा सुस्तश्रवण व्यक्तिहरूले स्वास्थ्य उपचारमा गुणस्तरिय सेवा पाउन भन्ने उद्धेश्यले दोभाषेको व्यवस्था गर्न लागेको बताउँनुभयो । त्यसैगरी सम्यक डाइग्नोसिस प्रा.लि.का अध्यक्ष तथा प्याथोलोजिस्ट कन्सल्ट्यान्ट डा. केयुर गौतमले प्याथोलोजी मार्गदर्शक नामक पुस्तक सहभागिहरूलाई हस्तान्तरण गर्नुहुँदै प्याथोलोजी सत्तरी प्रतिशत भन्दा बढि रोगको निदान, उपचार तथा उपचार पछि चाहिने महत्वपूर्ण विषय भएकोले यस विषयलाई आमजनमानसमा पु¥याउँनका लागि सो पुस्तक लेखिएको जानकारी दिनुहुँदै बहिरा तथा सुस्तश्रवण व्यक्तिहरूलाई पनि केन्द्रित गरेर क्लिनिक वानले सेवा प्रदान गर्न लागेकोमा अत्यन्तै खुसी लागेको बताउँनु भयो । हस्ताक्षर कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघका अध्यक्ष लक्ष्मी देवकोटाले बहिरा तथा सुस्तश्रवण व्यक्तिहरू बिरामी पर्दा सञ्चारको समस्याले गर्दा उपचार गर्न जान समस्या हुने भएकोले रोग सहेर बस्ने बाध्यता रहेको अवस्थामा यस क्लिनिकले दोभाषेको व्यवस्था गरेपछि सो समस्या हट्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको तर्फबाट प्रतिनिधित्व गर्दै मन्तव्य राख्ने क्रममाः बरिष्ठ अपाङ्गता अधिकारकर्मी भोजराज श्रेष्ठले यो अत्यन्तै राम्रो शुरूवात भएकोमा प्रशंसा गर्नुहुँदै अन्य ठाँउमा पनि यस प्रकारको सेवा आवश्यक रहेको बताउँनु भयो । कार्यक्रममा क्लिनिक वानका सिइओ रघु राणाले यस सेवा प्रभावकारी हुँदै गएमा भविष्यमा अन्य स्थानहरूमा पनि यस्तो प्रकारको सेवा विस्तार गर्दै लैजाने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here