दुई जना पालिका प्रहरी राख्ने व्यवस्था – घरपझोङ गाउँपालिका, मुस्ताङ ।

घरपझोङ गाउँपालिकाले दुई जना पालिका प्रहरी राख्ने भएको छ । गाउँपालिकाको १२ औं अधिवेशनले पालिकाको बाह्य गतिविधिमा कडा सुरक्षा गर्नको लागि दुई जना पालिका प्रहरी राख्ने व्यवस्था गरेको छ । 
 
पालिकाको कार्यसम्पादनमा सहज बनाउन गाउँपालिकाले दुई जना ‘पालिका प्रहरीको दरबन्दी राख्ने व्यवस्था गरिएको हो । गाउँपालिकाको १२ औं गाउँसभा अधिवेशनका अवसरमा बिहिबार पालिका अध्यक्ष मोहनसिंह लालचनले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । 


 घरपझोङको प्रस्तुत नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका लागि पालिका प्रहरी दरबन्दीको स्वीकृत गरेसंगै पालिका प्रहरी व्यवस्थापन तथा संञ्चालन कार्यविधि निर्माण गरी पालिका  प्रहरी परिचालन गर्ने उल्लेख गरिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here