गन्यापधुरा गाउँपालिकामा महिला लक्षित स्वास्थ्य शिविर
गन्यापधुरा गाउँपालिकामा महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजना क्यान्सर र पाठेघरको समस्या रहेका महिलाहरुलाई रिङ्ग प्रेसरको सुबिधासहितको एक दिवसिय स्कृनिङ्ग शिविर गरेको हो ।
पालिकाको मष्टामाण्डौ स्वास्थ्य चौकी अन्तर्गत सामुदायिक स्वास्थ्य इकाई भवन ग्वान्नीमा सो शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका स्वास्थ्य सह संयोजक बसन्ती कार्कीका अनुसार शिविरबाट पालिकाभित्रका महिलाहरु लाभान्वित भएको थिए ।
उनका अनुसार शिविरमा ६५ महिलाहरुको परिक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा तुलनात्मक रुपमा समस्या देखिएकोले थप परिक्षण तथा उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाउनु पर्ने अवस्था देखिएको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्