विद्यार्थी भर्ना गर्न जन्मदर्ता अनिवार्य गर्दै -घाेराही,दाङ

घोराही उप–महानगरपालिकाले आगामी शैक्षिकसत्रबाट विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न निर्देशन दिएको छ । सरकारी तथा निजी विद्यालयले भर्ना गर्दा जन्मदर्ता वेवास्ता गर्ने भएकाेले आगामी वर्षदेखि अनिवार्य गरेकाे हाे ।

भर्ना गर्दा जन्मदर्तालाई नखाेज्ने भएकाेले बालबालिकाको जन्मदर्ता नहुने भएकाले आगामी शैक्षिकशत्र देखी यसलाई अनिवार्य गर्न निर्देशन दिइएको उपमहानरपालिकाले जनाएकाे छ।  उप–महानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा घोराही ७ सौडियारमा आज आयोजित व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा सम्वन्धि नागरिक सचेतना कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले साे निर्देशन दिएका हुन्  ।

frontline

यसका लागि उप–महानगरपालिकाले सबै सरकारी तथा निजी  विद्यालयलाई परिपत्र गर्ने तयारी गरेको उनले बताए । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घिमिरेले ३५ दिनभित्रै जन्मदर्ता गराउने र सुरक्षित प्रसुती सेवा लिनका लागि उपमेयर खुत्रुके बचत कार्यक्रम मार्फत एक हजार रुपैया प्रोत्साहन दिने गरिएको भन्दै व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा सम्वन्धि अभियान सफल बनाउन सरोकारवालाको महत्वपूर्ण भूमिका हुने बताए । 

कार्यक्रममा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख दिवाकर योगीले जन्मदर्ता ३५ दिनभित्रै गर्ने, विद्यालय भर्नामा जन्मदर्ता अनिवार्य बनाउने, बहुबिवाह र बालविवाहलाई शुन्यमा झार्ने, बसाईसराई गर्दा अनिवार्य घटना दर्ता गरेर मात्रै गर्ने, दोहोरो घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तालाई शून्यमा झार्ने, सामाजिक सुरक्षा भत्ताको दर्ता,नविकरण,लगत कट्टा,बैंक खाता सञ्चालन लगायतका बिषयमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here