बैतडी दशरथचन्द –५ को सहिद पार्क नजिक मानव कंकाल भेटियो

१८ माघ, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ को सहिद पार्क नजिक मानव कंकाल भेटिएको छ ।

सहिद पार्क नजिक भिरालो जमिनमा भेटिएको उक्त कंकाल स्याल खाईसकेको अवस्थामा हड्डी मात्रै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

frontline

स्थानीयवासीले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पुरूषको लुगा रहेकाले कंकाल पुरूषको हुनसक्ने खत्रीको भनाई छ । उक्त कंकाललाई जिल्ला अस्पतालमा राखिएको छ ।

यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here