घानामा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा आठ बालबालिकाको मृत्यु

११ माघ, आक्रा । घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार विद्यालयका आठ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ)ले सञ्चारमाध्यमलाई भन्यो कि तालको छेउमा रहेको वायोकोपमा स्कूल जान लागेका २० विद्यार्थीमध्ये आठजनाको मृत्यु भएको छ । 

frontline

तीमध्ये पाँचजना केटा र पाँचदेखि १२ वर्षका तीन केटीहरु रहेका थिए ।  

घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताएका छन् । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here