पीएनजीसँग यूएई ६ विकेटले पराजित
६ चैत, काठमाडौं । पपुवा न्युगीनी (पीएनजी) ले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पहिलो जित निकालेको छ । शनिबार भएको त्रिदेशीय सिरिज अन्तर्गत पीएनजीले यूएईलाई ६ विकेटले पराजित गरेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले जितका लागि दिएको १४८ रनको सामान्य लक्ष्य पीएनजीले ३६ ओभर २ बलमा ४ विकेट गुमाएर १५० रन बनायो ।
पीएनजी लागि कप्तान असाद भालाले ६८ रनको अर्धशतकीय पारी खेले । यस्तै चार्ल्स अमिनीले ३६ रन बनाउँदा ओपार टोनी उरा र लेगा सिएका दुवैले १०/१० रन बनाए ।
बलिङतर्फ यूएईका काशिफ दौद, रोहन मुस्तफा र अहमद राजाले समान एक/एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएई निर्धारित ५० ओभरमा १४७ रन बनाउँदै अलआउट भएको थियो ।
११औँ ओभरसम्म १६ रन जोड्दा ५ विकेट गुमाएको यूएईको अवस्थमा मध्यक्रममा यूएईका रोहन मुस्तफा र बसिल हमेदले ४२ रनको साझेदारी गर्दै यूएईलाई राम्रो अवस्थामा पुगाएका थिए । ८८ रनको अर्धशतकीय पारी खेलेका रोहनले ११ चौका र १ छक्का प्रहार गरे ।
यूएईलाई सस्तैमा समेट्न पीएनजीका अलेइ नाओले चार विकेट लिए । यस्तै चाद सोपरले तीन विकेट लिए । पीएनजीका रिले हेकुरेलव दुई विकेट हात पारे । जितसँगै पीएनजीले लिगमा पहिलो दुई अङ्क जोडेको छ ।
१५ खेल खेलेको पीएनजीले एक खेलमा मात्र जित निकालेको छ । यता पराजित यूएईले १७ खेलमा ९ जित निकाल्दै २० अङ्क जोडेको छ । यूएई तालिकाको दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्