दसैं मनाएर काठमाडौं फर्किनेको भिडभाड (तस्वीरहरू)

८ कात्तिक, काठमाडौं । दशैं मनाउन उपत्यकाबाहिर गएकाहरू काठमाडौं फर्किने क्रम जारी छ ।

दशैं बिदा सकिएर भोलिदेखि सरकारी कार्यालय नियमित सञ्चालनमा आउने भएपछि उपत्यका भित्रिने यात्रुको चाप बढेको छ ।

frontline

काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगाका साथै कलंकी, बालाजु, कोटेश्वर, बल्खु, लगायतका क्षेत्रमा यात्रु र सवारी साधन उल्लेख्य संख्यामा देखिन्छन् । नयाँ बसपार्क क्षेत्रमा पनि सवारीसाधन र यात्रुहरुको भिडभाड छ ।

दशैंका बेला अधिकांश व्यक्तिहरु गाउँ फर्किने भएकाले काठमाडौं उपत्यका सुनसान जस्तै बनेको थियो । अहिले उपत्यकाका सडक र सार्वजनिक यातायात क्षेत्रमा पुन: चहलपहल फर्किएको छ । बजार पसलहरु पनि अधिकांश खुलिसकेका छन् ।

कलंकीको सडकमा देखिएका केही दृश्यहरु :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here