सर्वोच्चले भन्यो– ‘पशुपति गौशालाको मुद्दा दोहोर्‍याउन आवश्यक छैन, अब कोषकै हक कायम हुन्छ’

 गौशाला धर्मशालामा पशुपति क्षेत्र विकास कोषको अन्तिम र एकमात्रै स्वामित्व कायम हुन्छ भन्ने तल्ला अदालतहरूको निर्णय सर्वोच्च अदालतबाट समेत अनुमोदन भएको छ ।

गौशाला धर्मशालामा आफ्नो मोहीयानी हक कायम हुनुपर्ने दाबी सहित जिल्ला र उच्च अदालतको फैसला उल्ट्याउनुपर्ने माग सहित मारवाडी सेवा समिति सर्वोचच अदालत पुगेको थियो ।

frontline

न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको इजलासले ‘मुद्दा दोहोर्‍याई पाँऊ’ भन्ने निवेदन खारेज गरेको हो ।

यो आदेशसँगै पशुपति धर्मशालामा पशुपति क्षेत्र विकास समितिको हक कायम हुने र त्यहाँ कोही मोही नभएको भन्ने जिल्ला र उच्च अदालतको फैसला कार्यान्वयन हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here