एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ ।
लगातार दोस्रो पटक फाइनलमा पुगेका यी दुई टोली यसपटक पनि उपाधिका लागि आमनेसामने हुन लागेका हुन् । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा लुम्बिनी छ भने सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ ।






प्रतिक्रिया दिनुहोस्