भारतको असाममा शक्तिशाली भूकम्प, नेपालको सिमासम्म धक्का महसुस
फ्रन्टलाइन विश्वपरिवेश । भारतको असाम केन्द्रविन्दु भएर आज बिहान शक्तिशाली भूकम्प गएको छ। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पले असामका केही स्थानमा जमिन फुटेको र घरहरू चिरा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अन्य क्षतिको विवरण भने आइसकेको छैन।
स्थानीय समयअनुसार बिहान ७ ः ५८ बजे गएको भूकम्प गएलगत्तै दुई वटा ठुला परकम्प गइसकेका छन्। समाचारका अनुसार ४.३ र ४.४ रेक्टर स्केल मापन गरिएको परकम्प गएको हो।
२९ किलोमिटरमुनि केन्द्रविन्दु रहेको भूकम्पले करिब ३० सेकेन्ड हल्लाएको स्थानीयले जनाएका छन्।
भूकम्पको महसुस बिहार राज्य, पश्चिम बंगाल, असाम, मेघालय, नागाल्यान्ड तथा अरुणाञ्चल प्रदेशमा पनि भएको थियो। त्यस्तै सिक्किमसँग जोडिएको नेपाल सिमानासम्म पनि भूकम्पको धक्का महसुस भएको थियो।






प्रतिक्रिया दिनुहोस्