अमेरिकाले कोरोनाविरुद्धको ६ करोड डोज खोप अरु देशलाई दिने

फ्रन्टलाइन विश्व परिवेश । अमेरिकाले कोरोनाविरुद्धको ६ करोड डोज खोप अरु देशलाई दिने भएको छ ।

भारतसहित विश्वका केही देशमा कोरोना सङ्क्रमण डरलाग्दो अवस्थामा पुगेको भन्दै अमेरिकाले एष्ट्राजेनेका कम्पनीको ६ करोड डोज खोप अरु देशलाई उपलब्ध गराउने निर्णय गरेको ह्वाइटहाउसलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

frontline

सङ्घीय खाद्य तथा औषधि प्रशासनले पुनरावलोकन गरेपछि आउँदो हप्ता नै एक करोड डोज खोप उपलब्ध हुने खबरमा उल्लेख छ । बाँकी पाँच करोड डोज खोप उत्पादनको विभिन्न चरणमा रहेकाले आउँदो महिनादेखि निर्यात गर्न सकिनेछ ।

राष्ट्रपति जो बाइडेनले अघिल्लो महिना नै मेक्सिको र क्यानडालाई चार करोड डोज खोप उपलब्ध गराउने घोषणा गरिसक्नुभएको छ । अमेरिकामा कोरोनाविरुद्धका फाइजर बायोएनटेक, जोनसन एण्ड जोनसन र एष्ट्राजेनेका कम्पनीको खोप उत्पादन भइरहेको छ । यस्तै भारतलाई पनि अक्सिजन, पीपीई, भेन्टीलेटर र रेम्डिसिभर औषधि दिने अमेरिकी सरकारले घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here