बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भयो : बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भएको जनाएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ ।  काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोलीसमेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।’

frontline

बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here