काठमाडौँका यी ६ ठाउँमा पाइने छ आजदेखि १ सातासम्म ग्यास

सिलिन्डर पनि साटफेर हुने

ठमाडौँ उपत्यकामा देखिएको खाने पकाउने ग्यासको अभाव टार्न आजदेखि ६ स्थानमा ग्यास बिक्री हुँदैछ। 

ग्यासको आपूर्तिलाई सहज बनाउन असोज २५ देखि ३१ गतेसम्म ६ स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। 

frontline

संघका अध्यक्ष दिवान चन्दले गत शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल आयल निगगको समन्वय र ग्यास बिक्रेता महासंघको सहाकार्यमा ग्यास बिक्री गर्न लागिएको हो। 

काठमाडौँको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम, पेप्सीकोलाबाट सगर तथा बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास बिक्री गरिने भएको छ। 

त्यस्तै, सुकेधाराबाट बाबा र श्री ग्यास, कलंकीबाट साइबाबा र श्रीकृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास बिक्री गरिने संघले जनाएको छ। 

यी ६ वटै स्थानबाट बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म ग्यास बिक्री हुने छ। यी स्थानमा ग्यासको सिलिन्डर पनि साँटफेर हुने अध्यक्ष चन्दले जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here