चरेससहित बर्दियाबाट तीन जनालाई पक्राउ
काठमाडौं । लागुऔषध चरेससहित प्रहरीले बर्दियाबाट तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खजुरा गाउँपालिका-६ का २६ वर्षीय कमल विश्वकर्मा, ३२ वर्षीय कालीबहादुर चदारा र बढैयाताल गाउँपालिका-८ का ४८ वर्षीय बलबहादुर कामी छन्।
इलाका प्रहरी कार्याय मैनापोखरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार चरेससहित पक्राउ गरेको हो।
बर्दिया प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनीहरूको साथबाट ६९४ ग्राम चरेस बरामद गरिएको छ।
‘कालो रंगको झोलामा प्लाष्टिकमा लुकाएर राखेको चरेस बरामद भएको छ,’ कार्कीले भने, ‘पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको छ।’
बर्दिया प्रहरीले जिल्लामा लागुऔषध कारोबार र प्रयोगविरूद्ध कारबाहीको अभियान नै चलाएको छ।






प्रतिक्रिया दिनुहोस्