अन्तर्राष्ट्रिय हवाई उडान जेठ १५ सम्म प्रतिबन्ध

फ्रन्टलाइन देश । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्गलवार एक सूचना निकाल्दै यसबारेमा जानकारी दिएको हो ।
भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने सूचनामा बताइएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकोमा सङ्क्रमण बढ्दै गएपछि यसलाई लम्ब्याएर जेठ १७ सम्म पु¥याइएको हो ।

frontline

प्रतिबन्धकै अवधिमा एअरलाइन्सहरूले स्वास्थ्य सामग्री उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

प्राधिकरणले प्रतिबन्ध लम्बिएकोबारे वायु सेवा कम्पनीलाई जानकारी गराएको छ ।

हेर्नुहोस सुचना ः

प्रतिक्रिया दिनुहोस्

poster-here