पश्चिम बंगाल विधानसभा निर्वाचनमा मुख्यमन्त्री बनर्जीलाई सकस

फ्रन्टलाइन विश्व परिवेश । भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी तृणमूल कांग्रेस र भारतीय जनता पार्टीका बीच भइरहेको छ ।

राज्यकी मुख्यमन्त्री ममता बनर्जीका बयानहरूले उनी तनावमा रहेको स्पष्ट पारेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, तृणमूल विधानसभामा कमजोर भएछ भने ममता बनर्जीका भतिजा अभिषेक र परिवारमाथिको आरोप त्यसको मुख्य कारण हुनेछ । अभिषेक बनर्जी विभिन्न मुद्दामा घेरिएका छन् ।

frontline

विधानसभा निर्वाचनअघि तृणमूलका कतिपय नेताहरूले विद्रोह गरे । पार्टी छोडेर गएकाहरू भाजपामा प्रवेश गरे । उनीहरूका अनुसार, पार्टीमा अभिषेक र प्रशान्त किशोरको दखल बढिरहेको छ । ममताले आफ्नो कुर्सी अभिषेकलाई सुम्पिने तयारी गरिरहेको पनि उनीहरूको भनाइ छ र यसले गर्दा तृणमूल नेताहरूमा आक्रोश छ ।

तृणमूल छोड्नेहरूले अभिषेकमाथि गम्भीर आरोप लगाएका छन् । भाजपाले तिनै आरोपलाई जनतासमक्ष प्रस्तुत गरिरहेको छ । यसले ममतालाई कमजोर बनाउँदै लगेको देखिन्छ । अभिषेककी पत्नी रुजिरा नरुलालाई सन् २०१९ मा कोलकाता विमानस्थलमा दुई किलो सुनका साथ पक्राउ गरिएको थियो । उनले बैंककबाट अवैध तरिकाले सुन ल्याएको भनिएको थियो ।

भन्सार अधिकारीहरूले उनलाई रोक्दा प्रहरीले भन्सार अधिकारीहरूलाई धम्क्याएको आरोप लागेको थियो । रुजिराविरुद्ध अहिले पनि सुन तस्करीको मुद्दा चलिरहेको छ । अभिषेकले पत्नीको बचाउ गर्दा राजनीतिक विरोधको सामना गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here