विद्रोहीसँगको भीडन्तमा चाडका राष्ट्रपतिको मृत्यु
फ्रन्टलाइन विश्व परिवेश । विद्रोहीसँगको झडपमा घाइते भएका अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबीको मृत्यु भएको छ । विद्रोहीमाथि कारबाही गरिरहेको सेनालाई हौसला दिन उनी सोमबार चाडको उत्तरी क्षेत्र पुगेका थिए ।
डेबीले सन् १९९० मा ‘कु’मार्फत चाडको शासनसत्ता हातमा लिएका थिए । गत अगस्टमा उनी फिल्ड मार्सलका रुपमा बढुवा भएका थिए । त्यहाँ निर्वाचन आयोगका अनुसार डेबी छैटौं कार्यकालका लागि हालै मात्र निर्वाचित भएका थिए । अफ्रिका न्युजका अनुसार उनी ७९.३२ प्रतिशत मत प्राप्त गरेका थिए । सेना र विद्रोहीबीच झडप भइरहेकाले उनले आफ्नो विजयी भाषणलाई पछि सारेका थिए । डेबीको मृत्यु भएसंगै उनका छोरा जनरल महमत काकालाई मुलुकको अन्तरिम राष्ट्रप्रमुख घोषणा गरिएको छ ।
उत्तरी क्षेत्रमा रहेको लिब्यामा फ्रन्ट फर चेन्ज एन्ड कन्कोर्ड इन चाड(एफएसीटी) ले चुनावकै दिन सेनाको बोर्डर पोस्टमा आक्रमण गरेको थियो । सेनाका प्रवक्ता अगौनाले रोयटर्ससँगको कुराकानीमा सेनाको कारबाहीमा ३ सयभन्दा विद्रोही मारिएको र १५० जनालाई नियन्त्रणमा लिएको बताएका छन् । त्यस्तै ५ जना सिपाही र ३६ जना घाइते भएका छन् ।






प्रतिक्रिया दिनुहोस्